Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

लिथुआनियालाई ५–० ले हराएको खेलमा इटालीको किर्तिमान 

लिथुआनियालाई ५–० ले हराएको खेलमा इटालीको किर्तिमान 

  • भाद्र २४, २०७८ बिहिवार ०९:१५ बजे
  • 570
    SHARES
  • लिथुआनियालाई ५–० ले हराएको खेलमा इटालीको किर्तिमान 

    काठमाडौं– युरोपियन च्याम्पियनमा इटाली ३७ खेलमा अपराजित रहने पहिलो राष्ट्र बनेको छ । बुधबार रातिको खेलमा लिथुआनियालाई ५–० गोल अन्तरले पराजित गर्दै इटालीले ३७ खेलको अपराजित यात्रा मात्र कायम राखेन, कीर्तिमान नै बनाएको छ । 

    रोबर्टो मान्चिनिले एभर्टनबाट खेल्दै आएका  मोइसे केअनलाई डेब्यू गराउदा २ गोल गरे । युभेन्ट्सबाट केअन लोनमा आएका हुन् । केअनले २ गोल गर्दा जिओभानी डे लोरेन्जो, गिआकोमो रास्पाडोरिले १–१ गोल गरे भने लिथुआनियाका एडगारस उत्कुसेले आत्माघाती गोल गरे । 

    यसअघि इटालीले ब्राजिलको नाममा रहेको ३६ खेलको अपराजित यात्रा बराबर गरेको थियो । समूह ‘सि’को अर्को खेलमा स्विजरल्याण्ड र आयरल्यान्डले गोलरक्षक बराबर खेल्दै अंक बाँडे । 

    जितसँगै इटालीले समूह 'सि'बाट ६ अंकको अग्रता बनाएको छ । उसको ६ खेलबाट १४ अंक रहेको छ । ४ खेलबाट ८ अंक जोडेको स्विजरल्याण्ड दोस्रो स्थानमा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij