वेबटिभी खबर
काठमाडौं । अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा समान धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक जारी छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का शीर्ष नेताबीच बैठक बसेको हो ।
संसद्बाट एमसीसी पारित गर्ने या नगर्ने विषयमा सत्तारुढ दलरूबीच फरक धारणा आएपछि समान धारणा बनाउन दलहरूबीच बैठक बसेको हो । एमसीसी उपाध्यक्ष फातिमा सुमार चार दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आएसँगै सत्तारुढ गठबन्धनसहित राजनीतिक दलहरू एमसीसीबारे ठोस धारणा बनाउन दबाबमा परेका छन् ।
फातिमासहितको प्रतिनिधि टोलीले सुरुमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओली र सत्तारुढ कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij