वेबटिभी खबर
काठमाडौं । देशमा सरकार हराएकाले यसको खोजी गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार साँझ काठमाडौंमा टर्च र्याली निकालेको छ ।
र्याली नयाँ बानेश्वरमा पुगेपछि युवा संघका कार्यकर्ताले निषेधित क्षेत्र ताेड्न खाेज्दा र प्रहरीसँग झडप भएको छ ।
झडपमका क्रममा सचिवालय सदस्य हिक्मत बाेहाेरा, अनमाेल अभिनास, सुशील महर्जन, विक्रम महर्जन घाइते भएका छन् । उनीहरूकाे एभरेष्ट अस्पतालमा उपचार भइरहेकाे युवा संघका केन्द्रिय सदस्य हरि बर्ताैलाले जानकारी दिए ।
माइतीघरबाट सुरु भएकाे र्यालीमा सरकार र प्रधानमन्त्री देउवाकाे विराेध गर्दै नाराबाजी भएकाे थियाे । युवा संघ नेता तथा कार्यकर्ताहरूले ‘देउवा तिम्रो पाराले दुःख पाए साराले,’लगायतका नारा लगाएका छन् ।
हेरौं केही तस्बिरहरू





Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij