Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मेस्सी र नेयमार बिनै पीएसजीको शानदार जित

मेस्सी र नेयमार बिनै पीएसजीको शानदार जित

  • भाद्र २७, २०७८ आइतवार ०९:११ बजे
  • 567
    SHARES
  • मेस्सी र नेयमार बिनै पीएसजीको शानदार जित

    एजेन्सी –पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार पाँचौ जित दर्ता गरेको छ । लियोनल मेस्सी र नेयमार बिनै मैदान उत्रिएको पीएसजीले क्लेरमोन्ट फुटमाथि ४–० को फराकिलो जित निकालेको हो ।

    घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जिताउन एन्डर हेरेराले दुई तथा केलियन एमबाप्पे र इड्रिसा गाना गुआईले समान एक गोल गरे । खेलको २०औं मिनेटमा एन्डर हेरेराको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ३१औं मिनेटमा एन्डर हेरेराले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

    ५५औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । ६५औं मिनेटमा इड्रिसा गाना गुआईले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए ।

    लगातार पाँचौ जितसँगै पीएसजी १५ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पीएसजीले दोस्रो स्थानमा रहेको एन्जर्स र मार्सेलाई ५ अंकले पछि पारेको छ । पहिलो हार बेहोरेको क्लेरमोन्ट ८ अंकसहित चौथो स्थानमा रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij