वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले देशमा अहिले माधव नेपालको रुढी चलेको कटाक्ष गरेका छन् । उपत्यकामा सोमबार एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै बाँस्कोटाले यस्तो बताएका हुन् ।
‘माधव नेपालहरूले सांसद्, मन्त्री त के वडाध्यक्ष पनि जित्दैनन् । अहिले जुन, जुन वडाका अध्यक्ष माधव नेपालको पार्टीमा लागेका छन् उनीहरूलाई त्यही वडामा एमालेले हराउँछ,’ बाँस्कोटाले भने ।उनले एमालेबाट माधव नेपाल बाहिरिँदा पार्टीलाई केही प्रतिशतमात्र क्षति भएको तर्क गरेका छन् ।
‘बाली भित्याउने तयारी भएको बेला माधव नेपालका कारण खेतीमा लाग्नु पर्ने स्थिति बन्यो । ठिकै छ यसपटक वर्खे झरी, असिनाले ९ प्रतिशत बाली सखाप पार्यो भनेर हामीले बुझेका छौं,’ उनले भने, ‘यो खेती लाउने समय हो । अब सबै कमिटीहरूलाई हामीले बलियो बनाउनु पर्छ ।’
उनले नेकपा (एकीकृत समाजवादी) पार्टीमा झुक्किएर गएकाहरूलाई एमालेमा उत्तिकै सम्मानपूर्ण ठाउँ रहेको बताए । माधव नेपाल रुढीले उनीहरूलाई पनि पत्रु बनाएर छोड्ने बाँस्कोटाको तर्क छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij