एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब बु्रगसँग बराबरीमा रोएिको छ। अग्रपङ्तिमा लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई एकैपटक मैदानमा उतारे पनि सुरुवाती अग्रता जोगाउन नसक्दा बेल्जियन क्लब ब्रुगसँग बराबरीमा रोकिएको हो।
ब्रुगमा बुधबार राति भएको खेलमा पीएसजी क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पीएसजीका लागि एन्डर हेरेराले गाल गर्दा घरेलु टोलीका हान्स भानाकेनले बराबरी गोल फर्काएका थिए । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलको १५औं मिनेटमा एन्डर हेरेराको गोलबाट पीएसजीले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो । २७औं मिनेटमा हान्स भानाकेनले इडुआर्ड सोवोलको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
बराबरीपछि बल पोसेसनमा बलियो पकड राखेपनि पीएसजीले क्लब ब्रुगको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
यसै समरमा क्याटलान क्लब बार्सिलोनाबाट पीएसजी आएपछि मेस्सी, एमबाप्पे र नेयमार एकैपटक मैदान उत्रिएको हो । तर, उनीहरुले आफ्नो जादु देखाउन सकेनन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij