वेबटिभी खबर
बेइजिङ । चीनले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौताको निन्दा गर्दै यी देशहरुको शीत युद्धको मानसिकता दर्शाएको बताएका छन् । यसभन्दा अगाडि बेलायत, अमेरिका र अष्ट्रेलियाले एक विशेष सुरक्षा सम्झौताको घोषणा गरेका थिए ।
नयाँ सुरक्षा सम्झौता हिन्द महासागरमा चीनको बढ्दो प्रभाव रोक्न र चीनलाई चुनौती दिनका लागि गरिएको भनिएको छ । यसै सम्झौताको माध्यामबाट अमेरिका, अष्ट्रेलियालाई न्युक्लियर पनडुब्बि बनाउने बाटो खुलेको छ ।
चीनले अष्ट्रेलिया अमेरिका आणविक पनडुब्बि सम्झौता निकै गैरजिम्मेवार भएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । चीनको विदेश मन्त्रालयका प्रवक्ताले क्षेत्रीय गठबन्धन कुनै तेस्रो देशलाई लक्षित गरी बनाउन नहुने पनि बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij