वेबटिभी खबर
नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ३७ हजार ९५० जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ लाख ३९ हजार ५६ रहेको छ ।
भारतमा दैनिक कोरोना भाइरस संक्रमितको संख्या घटबढ हुनुमा केरला राज्यको प्रमुख भुमिका छ । देशभरीका जम्मा संक्रमितमध्ये केरलामा मात्रै २० हजारभन्दा बढी संक्रमित छन् । यहाँ २ हजार १८२ संक्रमित रहेका छन् भने १७८ जनाको संक्रमणको कारणले निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij