काठमाडौं । विश्वभर एस्ट्राजेनेका–अक्सफोर्डको खोप प्रयोग गर्न दिनदिनै विभिन्न देशहरुले रोक लगाइरहेका छन् । सोमबार पुनः स्पेन र पोर्चुगलले पनि केही समयका लागि खोप लगाउन रोक लगाएका छन् । यी देशमा खोप लगाएपछि केही व्यक्तिमा शरीरमा रगत जम्ने समस्या देखिएको थियो ।
यसभन्दा अगाडि सोमबार जर्मनी, फ्रान्स र इटालीले खोपको प्रयोगमा अस्थायी रोक लगाएका थिए । आयरल्यान्ड र नेदरल्यान्डसले पनि आइतबार एस्ट्राजेनेकाको खोप लगाउन स्थगित गरे । यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएन म्याक्रोनले देशमा मंगलबारसम्म खोपमाथि प्रतिबन्ध लगाएको बताए ।
डेनमार्क, अष्ट्रिया, इटाली, बुल्गेरिया, रोमानिया, एस्टोनिया, लिथुआनिया, लक्जमबर्ग, लात्भिया र गैर युरोपेली संघका देश नर्वे तथा आइसल्यान्डले पनि ब्लड क्लटिङको समस्या देखिएपछि भाइरस प्रयोगमा रोक लगाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij