Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नेपालले आज हङकङसँग खेल्दै

नेपालले आज हङकङसँग खेल्दै

  • आश्विन ५, २०७८ मंगलवार ०९:५४ बजे
  • 548
    SHARES
  • नेपालले आज हङकङसँग खेल्दै

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज हङकङसँग खेल्दैछ। एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले  हङकङसँग खेल्न लागेको हो।  खेल उज्वेकिस्तानस्थित माजमुएसी स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ ।

    समूह ‘एफ’ को पहिलो खेलमा फिलिपन्ससँग अग्रता लिनका बाबजुद अन्तिम समयमा दुई गोल खान पुग्दा नेपालले २–१ को हार भोगेको थियो । उक्त खेलमा भएको गल्तीलाई सच्याउँदै नेपाल छनोटमा हङकङलाई हराउने लक्ष्यमा हुनेछ ।

    नेपालले हङकङसँग दुई खेल खेल्दा दुवै खेलमा हार बेहोरेको छ । नेपालले हङकङसँग सन् १९८६ मा १–० ले तथा सन् १९८९ मा ३–० को हार बेहोरेको थियो । त्यसयता यि दुई टोली पहिलोपटक खेल्न लागेको हो ।

    सन् २०१८ मा भने हङकङको राष्ट्रिय टोलीलाई नेपाल एपिएफको महिला टोलीले ३–१ को जित निकालेको थियो । महिला टोली पनि एपिएफले निकालेको जितलाई निरन्तरता दिदै हङकङमाथि पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

    यो समूहको फिलिपिन्स र हङकङबीचको ८ असोजमा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij