Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

क्यानडा निर्वाचनः ट्रुडोकाे लिबरल पार्टी विजयी

क्यानडा निर्वाचनः ट्रुडोकाे लिबरल पार्टी विजयी

  • 775
    SHARES
  • क्यानडा निर्वाचनः ट्रुडोकाे लिबरल पार्टी विजयी

    ओटावा । क्यानडका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले जित हासिल गरेकाे छ । सोमबार भएको निर्वाचनमा उनको पार्टी विजयी भए पनि बहुमत हासिल गर्न भने सकेनन् । लिबरल पार्टी विजयी भएपछि ट्रुडो पुनः प्रधानमन्त्री हुने निश्चित रहेको क्यानडाका सञ्चार माध्यमहरुले जनाएका छन् । क्यानडाको हाउस अफ कमन्समा बहुमतका लागि १७० सिट आवश्यक पर्छ तर अहिलेसम्म लिबरलले १५७ सिट जितेको छ । 

    उनलाई पार्टीका शत प्रतिशत सांसदको समर्थन छ । 

    सोमबार भएको निर्वाचनमा हुलाकमार्फत पनि मतदानको व्यवस्था गरिएको थियो । करिब १० लाख मतदाताले हुलाकबाट मतदान गरेका थिए । कोभिड नियन्त्रणमा सरकार सफल भए पनि महामारी रोकथाम गर्न नयाँ ‘म्यान्डेट’ आवश्यक भन्दै ट्रुडाेले यही अगस्ट १५ मा मध्यावधी निर्वाचन घोषणा गरेका थिए ।

    त्यसअघि उनले गर्भनरलाई संसद विघटनका लागि सिफारिश गरेका थिए । जस्टिन ट्रुडो सन् २०१५ देखि सत्तामा छन् । सन् २०१९ मा दोस्रोपटक प्रधानमन्त्री बन्दा उनको सरकार अल्पमतमा थियो ।

    मध्यावधि निर्वाचनको संघारमा क्यानडा, मुश्किलमा 'जस्टिन ब्रान्ड' मध्यावधि निर्वाचनको संघारमा क्यानडा, मुश्किलमा 'जस्टिन ब्रान्ड' चुनाव प्रचारमा निस्केका क्यानडाका प्रधानमन्त्रीमाथि ढुंगा प्रहार चुनाव प्रचारमा निस्केका क्यानडाका प्रधानमन्त्रीमाथि ढुंगा प्रहार

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij