काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा केही अभिनेत्रीहरुले कथाअनुसार कपाल मुण्डन गरेका छन् । फिल्म ‘आमा’ मा सुरक्षा पन्तले, ‘जाइरा’ मा नम्रता श्रेष्ठले, ‘प्रेमलिला’ मा दीपशिखा खड्काले कपाल मुण्डन गरेका थिए । अब चलचित्र क्षेत्रमा कपाल मुण्डन गर्ने नायिकाको सूचीमा केकी अधिकारी पनि परेकी छन् । उनले ‘बोक्सीको घर’ फिल्मका लागि आफ्नो कपाल मुण्डन गरेकी हुन् । ‘बोक्सीको घर’ नाटकमाथि आधारित भएर निर्माण भइरहेको फिल्ममा केकीसँगै अभिनेता गौरव पहारी पनि छन् ।
उनले कपाल मुण्डन गरेपछि ऐनाको अगाडि खिचेका तस्बिरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेकी थिइन् । पहिलोपटक फिल्मका लागि आफ्नो कपाल फालेकी उनले कथाले मागेका कारण केश मुण्डन गरेको बताएकी छन् ।
सुलक्षण भारतीको निर्देशनमा बनिरहेको फिल्मको निर्माता बद्री अधिकारी हुन । निर्देशक विशाल भण्डारी कार्यकारी निर्माताको रुपमा छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij