Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

हामिकी चम्किँदा पीएसजीले मेट्जलाई हरायो

हामिकी चम्किँदा पीएसजीले मेट्जलाई हरायो

  • आश्विन ७, २०७८ बिहिवार ०८:४६ बजे
  • 558
    SHARES
  • हामिकी चम्किँदा पीएसजीले मेट्जलाई हरायो

    काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सीबिना फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अपराजित यात्रा कायमै राखेको छ। 

    बुधबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित मेट्जलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा कायमै छ । 

    पीएसजीलाई जित दिलाउन अचराफ हामिकीले २ गोल गरे । पराजित मेट्जको लागि बोउबाकर कोउयातेले सान्त्वना गोल गरे । 

    खेलमा अग्रता भने पिएसजीले लिएको थियो । हाकिमीले पाँचौ मिनेटमा गोल गरे । ३९ मिनेटमा बोउबाकरले बराबरी गोल गरे । यस्तै थपिएको पाँच मिनेटमा गोल गर्दै हाकिमीले पिएसजीलाई तीन अंक दिलाए । 

    गत साताको चोटका कारण यसै सिजन बार्सिलोनाबाट पेरिस झरेका मेस्सी भने मेट्जविरुद्ध मैदान उत्रिएनन् ।  

    खेलमा मेट्जले दुई रातो कार्ड ब्यहोरेको थियो । खेल सुरु नहुँदै प्रशिक्षक फ्रेडेरिक एन्टोनिटोले रातो कार्ड पाउदै दर्शकदीर्घामा पुगेका थिए । ९० मिनेटपछि थपिएको एक मिनेटमा कप्तान ड्यलान ब्रोनले रातो कार्ड प्राप्त गरेका थिए । 

    जितसँगै पिएसजीले सात खेलबाट शतप्रतिशत जितसहित २१ अंकसँगै शीर्ष स्थानमा छ । मेट्ज भने सात खेलबाट तीन अंकसहित तालिकाको पुछारमा छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij