Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नेकपा एकिकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल, चारजना उपाध्यक्ष चयन

नेकपा एकिकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल, चारजना उपाध्यक्ष चयन

  • 568
    SHARES
  • नेकपा एकिकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल, चारजना उपाध्यक्ष चयन

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार नेतृत्व तहका पदाधिकारी चयन गरेको छ ।

    आजै बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने गरी पदाधिकारीकोको नाम टुंगो लगाइएको प्रस्तावित उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

    पार्टीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । 

    यस्तै महासचिवमा डा‍. बेदुराम भुसाल र उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।

    सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरीको नाम टुंगो लागेको उनले जानकारी दिए । 

    यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य र पोलिटब्यूरो कमिटी सदस्य पनि बिहीबार नै घोषणा हुने बताइएको छ । 

    पार्टीको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल यथावत छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij