Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सिटीलाई पीएसजीले हरायो, मेस्सीको पहिलो गोल  

सिटीलाई पीएसजीले हरायो, मेस्सीको पहिलो गोल  

  • आश्विन १३, २०७८ बुधवार ०८:५३ बजे
  • 447
    SHARES
  • सिटीलाई पीएसजीले हरायो, मेस्सीको पहिलो गोल  

    काठमाडौं ।  लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी)मा अनुबन्ध भएपछि पहिलो पटक गोल गरेका छन् । मेस्सीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’को दोस्रो चरको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २–० गोल अन्तरले पराजित गर्दा पिएसजीका लागि पहिलो गोल हो ।

    घरेलु मैदान पार्क डे प्रीन्सेसमा यो मेस्सीको पहिलो गोल हो । पिएसजीको जितमा मेस्सी र इड्रीशा गुयेले १–१ गोल गरे । 

    प्रतिस्पर्धात्मक खेलमा इन्ड्रिशाले खेलको आठौं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता बनाए  । दोस्रो हाफको ७४ मिनेटमा मेस्सीले दोस्रो अग्रता बनाए  । खेलको ७४ मिनेटमा केलियन एम्बाप्पेको पासमा मेस्सीले गोल गरे  । एमबाप्पेसग वान टु  पास खेल्दै मेस्सीले २० यार्डबाट गोल गरेका थिए  । बार्सीलोनाबाट पिएसजी आएपछि मेस्स्सीले चौथो खेलमा गोल गरेका हुन् । 

    जितसँगै पिएसजी समूह ‘ए’ को शीर्ष स्थानमा छ । २ खेलबाट ४ अंक छ । पराजित म्यान सिटीको भने २ खेलबाट ३ अंक छ । समूहको अर्को खेलमा क्लब ब्रुगले आर बी लाइपजिगलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij