वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर जम्मा ११ हजार ७६५ नमुना परीक्षण गर्दा १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ५५५ पीसिआर परीक्षण गर्दा ८९८ जनामा र ३ हजार २१० एन्टीजेन परीक्षण गर्दा १८० जनामा कोभिड–१९ पुष्टि भएको हो ।
यस अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १२ जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या १८ हजार १६८ रहेको छ । जसमध्ये १६ हजार ८०२ जना होम आइसोलेसनमा र १३ सय ६६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३५३ जना आइसियूमा र ११७ जना भेन्टिलेटरमा उपचारत छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij