Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

फिल्म छायाँंकनका लागि काठमाडौं आएका अनुपम खेरले गरे पशुपतिको दर्शन

फिल्म छायाँंकनका लागि काठमाडौं आएका अनुपम खेरले गरे पशुपतिको दर्शन

  • आश्विन १९, २०७८ मंगलवार ०९:१८ बजे
  • 601
    SHARES
  • फिल्म छायाँंकनका लागि काठमाडौं आएका अनुपम खेरले गरे पशुपतिको दर्शन

    काठमाडौं । फिल्म छायाँंकनका लागि नेपाल आएका बलिउड कलाकार अनुपम खेरले मंगलबार पशुपतिनाथको दर्शन गरेका छन् । आफूले पशुपतिको दर्शन गरेको जानकारी ट्वीटरमार्फत दिएका उनले भनेका छन्, ‘प्राचिन मन्दिर पशुपतिनाथको दर्शन गर्दै सबैको कल्याण, स्वास्थ्य र शान्तिका लागि प्रार्थना गरेँ ।’

    खेरले काठमाडौंको चर्चित पशुपतिको दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानि ठानेको बताएका छन् । हिन्दुको पवित्रस्थलमा आउँदा आफूलाई खुसी र शान्ति मिल्ने गरेको उनले बताएका छन् । खेरसहित बलिउड कलाकार हिन्दी फिल्म ‘उचाइँ’ छायाँकनका लागि नेपाल आएको हो । टीममा अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानी, सारिका हसनलगायत कलाबार रहेका छन् ।

    खेरले नेपालमा छायाँकन हुने यो फिल्म आफ्नो करियरको ५२०औँ फिल्म भएको जानकारी पनि दिएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij