Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

  • 526
    SHARES
  • नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । अहिले राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै नियुक्त भएका मन्त्रीलाई उनले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

     सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सहभागी छन् । 

    शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको सहभागी रहेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको ८९औँ दिनमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # शपथ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij