Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मन्त्रिपरिषद् विस्तारमा योग्य साथीहरु छुट्दा दुःख लागेको छ : देउवा  

मन्त्रिपरिषद् विस्तारमा योग्य साथीहरु छुट्दा दुःख लागेको छ : देउवा  

  • 516
    SHARES
  • मन्त्रिपरिषद् विस्तारमा योग्य साथीहरु छुट्दा दुःख लागेको छ : देउवा  

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा योग्य साथीहरु छुटेकोमा आफूलाई दुःख लागेको बताएका छन् । उनले मन्त्रिपरिषद्मा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन पनि दिए ।

    स्कूल अफ डेमोक्रेसी, अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ पुस्तकको शनिबार विमोचन गर्दै देउवाले शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा योग्य साथी छुटेको स्विकारे । क्षमतावान् र योग्य साथीलाई आगामी दिनमा उचित जिम्मेवारी दिँदै जाने उल्लेख गर्दै आफ्नो बाध्यता बुझिदिन उनले आग्रह गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij