Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नारायणगढ-मुग्लिनको चौधकिलोमा तिहारपछि मात्र सडक मर्मत हुने

नारायणगढ-मुग्लिनको चौधकिलोमा तिहारपछि मात्र सडक मर्मत हुने

  • 426
    SHARES
  • नारायणगढ-मुग्लिनको चौधकिलोमा तिहारपछि मात्र सडक मर्मत हुने

    चितवन । दसैँमा राजधानी काठमाडौंबाट जिल्लारगाउँ फर्किनेको चाप ह्वात्तै बढेको छ । तर, उपत्यकाबाट बाहिरिने मुख्य सडक मार्गको हालत बेहाल छ । तीन वर्षअघि विस्तार भएको नारायणगढ-मुग्लिन सडक तीन ठाउँमा भाँसिएको छ । भाँसिएको मध्ये चौधकिलो क्षेत्रमा त मर्मतको काम सुरु नै भएको छैन । बाँकी दुई ठाउँमध्ये सत्रकिलो क्षेत्रमा मर्मत भए पनि छब्बिसकिलो क्षेत्रमा खाल्टा पुर्ने काम अझै सकिएको छैन ।

    naryan-ghad road.jpg

    चौधकिलो क्षेत्रमा वर्खामा भाँसिएको सडक मर्मतको काम तिहारपछि मात्र हुने सडक डिभिजन भरतपुरका सूचना अधिकारी शिव खनालले बताए । ‘मर्मतका लागि टेण्डर आह्वान भएको छ । तिहारपछि मर्मतको काम सुरु हुन्छ,’ उनले भने ।

    चौधकिलो, सेती दोभान लगायतका स्थानमा कालोपत्रे भत्किएर ठूल्ठूला खाल्टाखुल्टी परेका छन् । यद्यपि सानातिना खाल्टा त्यसअघि डिभिजनले स्थानीय निर्माण सामग्री प्रयोग गरेर पुर्ने उनले दाबी गरे । दसैँतिहारमा खाल्टाखुल्टी पुर्न र सहजीकरण गर्न शनिबार जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल भएको छ । 

    6-4.jpg

    खाल्टाखुल्टी भएको ठाउँमा सवारीसाधन बिग्रिएमा तत्काल पन्छाउन पनि कुनै उपाय अबलम्बन गरिएको छैन । खनालकाअनुसार दुई वर्ष अगाडि सत्रकिलो र छब्बिसकिलोमा भाँसिएको सडक मर्मतको काम नारायणगढ-मुग्लिन सडक आयोजनाले गर्दैछ ।  सडकमा पहिरो रोक्न करिब ६० हजार वर्गमिटर क्षेत्रमा रक नेटिङ गरिएको छ । सेती दोभानमा गएको बर्खामा रक नेटिङ गरिएको ६० वर्गमिटर जति क्षेत्रमा पनि पहिरो गएको छ । 

    नारायणगढ-मुग्लिन सडकमा दैनिक सानाठूला गरी १५ हजार सवारीसाधन गुड्छन् ।  तर, दसैंँ सुरु भएसँगै यो संख्या अझ बढ्न थालेको ट्राफिक प्रहरीको भनाइ छ ।  पृथ्वी राजमार्गअन्तर्गतको चितवन र धादिङको सिमानामा पर्ने जोगिमारा र जवाङ खोला नजिक शाखा सडकको हालत पनि उस्तै छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौविसेमा सधैँजसो गाडीको जाम लाग्ने गर्छ । सुरुङ मार्ग बनाउन लागिएकाले त्यस स्थानमा यात्रुले बढी सास्ती खेप्न बाध्य छन् ।

    2-6.jpg1-10.jpg9-1.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij