Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

गुडिरहेको बसमा ढुंगा खस्दा एक जना घाइते

गुडिरहेको बसमा ढुंगा खस्दा एक जना घाइते

  • 460
    SHARES
  • गुडिरहेको बसमा ढुंगा खस्दा एक जना घाइते

    बैतडी  ।  बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजना घाइते भएका छन् ।  घाइते हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका १४ की २० वर्षीया विमला भट्ट रहेकी छन् ।

    घाइते भट्टको टाउकोमा चोट लागेको छ । उनको खोड्पे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराई महेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ । 

    बैतडीबाट महेन्द्रनगर जाँदै गरेको ना ६ ख ९६७२ नम्बरको बसमा पाटन नगरपालिका-८ आरुबाटास्थित सडक माथिबाट ढुंगा खसेको अस्थायी ट्राफिक पोष्ट खोड्पेका ट्राफिक प्रहरी जगदिश चन्दले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij