Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कैलालीमा बाढी र पहिरोः  तटीय क्षेत्रका बस्ती जोखिममा

कैलालीमा बाढी र पहिरोः  तटीय क्षेत्रका बस्ती जोखिममा

  • कार्तिक २, २०७८ मंगलवार ०९:४१ बजे
  • 490
    SHARES
  • कैलालीमा बाढी र पहिरोः  तटीय क्षेत्रका बस्ती जोखिममा

    धनगढी ।  लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ ।

    खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन गरि तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार टोलीले जनाएको छ । यसैगरी मोहना, कान्द्रा, कर्णाली नदीमा पनि पानीको बहाब उच्च रहेको सञ्चार टोलीले जनाएको छ ।

    यसैगरी लगातारको वर्षाका कारण कैलालीको पहाडी क्षेत्रका विभिन्न स्थानमा पहिरो गएको छ ।  कैलालीको फल्टुडेस्थित भीमदत्त राजमार्गमा पहिरो जाँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात प्रभावित बनेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको कैलाली प्रहरी प्रवक्ता डीसएसपी प्रतीक बिष्टले बताए ।

     

  • सम्बन्धित विषय:

  • # बाढी र पहिराे
  • # बाढी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij