इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खान कोरोना भाइरसविरुद्धको खोप लगाएको दुई दिनपछि भाइरस संक्रमित भएका छन् । प्रधानमन्त्रीका विशेष सहायक (स्वास्थ्य) चिकित्सक फैसल सुल्तानले शनिबार दिउँसो प्रधानमन्त्री खान कोरोनाबाट संक्रमित भएको पुष्टि भएको बताए ।
इमरान खानले बिहीबार मात्रै चीनले निर्माण गरेको सिनोफार्म खोपको डोज लिएका थिए । इमरानसँगै उनकी पत्नी बुसरा बेगम पनि कोरोनाबाट संक्रमित भएकी छन् ।
चिकित्सक फैसलका अनुसार प्रधानमन्त्री इमरानलाई सामान्य लक्षण देखिएको छ । इमरानलाई खोप लगाएपछि पनि एन्डीबडी विकसित नभएको वा खोप लगाउनुभन्दा अगाडि नै संक्रमण भएको हुन सक्ने डा. फैसलले अनुमान गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij