Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बार्सिलोना ला लिगाको दोस्रो स्थानमा, मेस्सीले बनाए अर्को कीर्तिमान

बार्सिलोना ला लिगाको दोस्रो स्थानमा, मेस्सीले बनाए अर्को कीर्तिमान

  • चैत्र ९, २०७७ सोमवार ०७:३४ बजे
  • 672
    SHARES
  • बार्सिलोना ला लिगाको दोस्रो स्थानमा, मेस्सीले बनाए अर्को कीर्तिमान

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।

    आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ गोलले पराजित गरेको हो ।

    बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे । एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एण्डरले रक गोल फर्काए ।

    यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् । मेस्सी बार्सिलोनाका लागि ७ सय ६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् ।

    मेस्सीले पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् । जितसँगै बार्सिलोना २८ खेलमा ६२ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सोसिडाड ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # बार्सिलोना
  • # मेस्सी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij