Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

भारतमा १३ हजार ४५१ जना संक्रमित थपिए

भारतमा १३ हजार ४५१ जना संक्रमित थपिए

  • 447
    SHARES
  • भारतमा १३ हजार ४५१ जना संक्रमित थपिए

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा १३ हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा १४ हजार २१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ६२ हजार ६६१ जना रहेको छ । 

    हालसम्म भारतमा ३ करोड ४२ लाख १५ हजार ६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ करोड ३५ लाख ९७ हजार ३३९ जना भाइरस संक्रमणमुक्त भइसकेका छन् । यससँगै भारतमा महामारी सुरु भएयतादेखि संक्रमणको कारणले ४ लाख ५५ हजार ६५३ जनाको निधन भएको छ ।

    यसैगरी, भारतमा हालसम्म ६० करोड ३२ लाख मानिसमा भाइरस संक्रमण परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणबाट बचाउने भाइरसविरुद्धको खोप १०३ करोड ५३ लाख डोज लगाइएको छ । भारतले यस वर्षको अन्तिमसम्म सबै वयस्क नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij