Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मेस्सी भन्छन्– म बार्सिलोना फर्कन तयार छु 

मेस्सी भन्छन्– म बार्सिलोना फर्कन तयार छु 

  • कार्तिक १५, २०७८ सोमवार ०९:३१ बजे
  • 593
    SHARES
  • मेस्सी भन्छन्– म बार्सिलोना फर्कन तयार छु 

    काठमाडौं ।  पेरिस सेन्ट जर्मेन (पीएसजी)का सुपरस्टार लियोनल मेस्सीले बार्सिलोना फर्कने इच्छा व्यक्त गरेका छन्। चालू सिजनको सुरुवातमा फ्रि एजेन्टमा बार्सिलोनाबाट पीएसजी पुगेका मेस्सीले आफू पुनः बार्सिलोनामै फर्किनका लागि तयार भएको बताएका हुन्।

    यद्यपी उनको बार्सिलोनामा पुनगरागमन भने खेलाडीकारुपमा नभएर प्राविधिक सचिवकारुपमा हुनेछ। उनी आफैंले प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको बताएका छन्। 

    बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेसीले पुनः बार्सिलोनामा फर्किएर क्लबको व्यवस्थापन टिममा रहने इच्छा व्यक्त गरेका हुन् ।

    ‘मैले सधैं भनेको थिएँ कि म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु,’ स्पोर्टसँग कुरा गर्दै उनले भनेका छन्, ‘म प्राविधिक सचिव बन्न चाहन्छु ।’ तर उनले बार्सिलोनामै रहन्छु कि रहँदैन भन्ने कुरा आफैंलाई थाहा नभएको बताए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij