वेबटिभी खबर
काठमाडौं । संस्कृतमा निमावितर्फको पाठ्यक्रम नबन्दा शिक्षक दरबन्दीका लागि विज्ञापन खोल्न समस्या भएको शिक्षक सेवा आयोगले जनाएको छ ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले उक्त समस्या भएकाे बताएका हुन् ।
मरहट्टाले भने, ‘हामीलाई अहिले संस्कृत तर्फको पाठ्यक्रम नबनेर समस्या भएको छ । पाठ्यक्रम बने पनि तीन महिनाअघि लागु नहुने नियमले समस्या परेको छ ।’
बाँकी रहेको पाठ्यक्रम बनाउन थालिएको सूचना अधिकारी मरहट्टाले जानकारी दिए । आयोगले तिहारलगत्तै स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij