वेबटिभी खबर
काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । शनिबार एक सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका हुन् । भाई टीकाले दाजुभाई दिदीबहिनीहरुमा आपसी स्नेह र प्रेम थप प्रगाढ बनाएपनि पछिल्लो समय यसमा बिकृति पनि मौलाएको उनको ठम्याइ छ ।
“भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको छ । यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी्भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको छ । तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हामीले हटाउनु आवश्यक छ,” उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।
औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित नहुने उनको भनाई छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij