Logo

२०८३, कार्तिक ५ गते बुधवार

२०८३, कार्तिक ५ गते बुधवार

दिपावलीमा बेहुली झैँ सिंगारिए भारतीय सहर

दिपावलीमा बेहुली झैँ सिंगारिए भारतीय सहर

  • 458
    SHARES
  • दिपावलीमा बेहुली झैँ सिंगारिए भारतीय सहर

    नयाँ दिल्ली । कोभिड महामारीबीच हर्षोल्लासका साथ भारतका विभिन्न समुदायले तिहार मनाइरहेका छन् । तिहारलाई भारतमा दिपावलीको नामले चिनिन्छ । विभिन्न स्थानमा हिन्दु, सिख र जैनले आ आफ्नै संस्करअनुसार तिहार मनाइरहेका छन् । 

    हिन्दूहरुले विभिन्न रंगका बत्ती बालेर र लक्ष्मीको पूजा गरेर घर घरमा दिपावली मनााएका छन् । भगवान राम जंगलमा लामो समय निर्वासनमा बसेर घर फर्किएको उपलक्ष्यमा मनाइन्छ । झिलिमिली बत्तीले राजधानी नयाँ दिल्लीसहित देशका अधिकांश स्थान  झकिझकाउ भएका छन् । 

    दिपावलीको अवसरमा सिख समुदाका व्यक्तिहरु अमृतसरस्थित गोल्डन टेम्पलमा भेला भएका छन् । सन् १६१९ मा आफ्ना गुरू हरगोविन्दको मुक्तिको स्मरणमा सिख समुदायले दिपावलीमा मनाउँछन् । विश्वका नेपाल र भारतबाहेक श्रीलंका र हिन्दूहरुको बाहुल्यता भएका अन्य देशमा पनि दिपावली मनाइन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij