Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नेयमार र एमबाप्पे चम्किँदा पीएसजीको जित 

नेयमार र एमबाप्पे चम्किँदा पीएसजीको जित 

  • कार्तिक २१, २०७८ आइतवार ०८:२१ बजे
  • 641
    SHARES
  • नेयमार र एमबाप्पे चम्किँदा पीएसजीको जित 

    काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पीएसजी बर्डोक्सलाई पराजित गरेको छ।  शनिबार राति भएको खेलमा पीएसजीले बोर्डोक्सलाई ३–२ गोलले हराएको हो।  पीएसजीको जितमा नेयमारले दुई तथा केलियन एम्बाप्पेले एक गोल गरे ।

    खेलमा अग्रता पीएसजीले नेमायरको गोलमा २६ औं मिनेटमा लिएको थियो । केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै नेयमारले गोल गरेका थिए । पहिलो हाफ सकिन दुई मिनेट अघि एम्बाप्पेकै पासमा नेयमारले दोस्रो गोल गरे ।

    दोस्रो हाफमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाएका थिए । त्यसपछि घरेलु टोली बोर्डोले दुई गोल फर्कायो ।

    ७८ औं मिनेटमा अल्बर्थ इलिसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । खेलको इन्जुरी समयमा मबेय नियाङले गोल गर्दै हार अन्तर हटाउने काम गरे ।

    जित सहित पीएसजीले दोस्रो स्थानको लेन्ससँग १० अंकको स्पष्ट अग्रता लिएको छ । शीर्ष स्थानको पीएसजीको ३४ अंक भएको छ । बोर्डो १२ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थान मात्र माथि छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij