Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सूर्यवंशीले कमायो दुई दिनमा ८० करोड 

सूर्यवंशीले कमायो दुई दिनमा ८० करोड 

  • कार्तिक २१, २०७८ आइतवार ०८:५९ बजे
  • 474
    SHARES
  • सूर्यवंशीले कमायो दुई दिनमा ८० करोड 

    नयाँ दिल्ली । भारतमा शुक्रबार रिलिज भएको फिल्म सूर्यवंशीले दुई दिनमा ८० करोडको व्यापार गरेको छ । बक्स अफिसका अनुसार फिल्मले रिलिज भएको पहिलो दिन शुक्रबार २६ करोड २९ लाख भारु र दोस्रो दिन शनिबार साढे २४ करोड भारुको व्यापार गरेको छ । 

    images

    रोहित शेट्ठीले निर्माण गरेको सूर्यवंशीमा अक्षय कुमार र क्याट्रीना क्याफ मुख्य भूमिकामा छन् । भारतमा अहिले दिपावलीको छुट्टी भएकाले पनि फिल्म हलमा दर्शक ओइरिएका हुन् । 

    पहिलो दिनको तुलनामा शनिबार केही कम व्यापार भए पनि आज आइतबार बढी व्यापार हुने अपेक्षा गरिएको छ । तर बुधबार भारतमा छुट्टी सकिए पछि भने फिल्मको व्यापार ओरालो लग्ने अनुमान गरिएको छ । छुट्टीको अवधिमा फिल्मले सबैभन्दा बढी व्यापार गरिसक्नुपर्ने दबाब छ ।

    सूर्यवंशी फिल्म भारतमा चार हजार पर्दा र विदेशमा १३ सय पर्दामा एकसाथ रिलिज भएको थियो । फिल्ममा गुलशन ग्रोबर, जावेद जाफरीले पनि अभियन गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology