काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अदालतको विवाद हेर्दा गणतन्त्रविरोधीलाई समेत लाज लाग्न थालेको बताएका छन्। न्याय क्षेत्रमा भइरहेका गतिविधिले आफूजस्ता गणतन्त्रविरोधीलाई पनि लाज लाग्न थालिसकेको थापाले बताएका हुन्। ‘हामीजस्ता गणतन्त्रविरोधीहरुलाई पनि लाज लाग्न थालि सक्यो,’ थापाले भनेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आजदेखि जबरालाई सर्वोच्च परिसरमै छिर्न नदिने तयारी गरेको छ। यही सन्दर्भमा थापाले ट्विट गर्दै उक्त कार्य ‘संविधान र कानुनी राज्यको खिलाफ भएन?’, भन्दै प्रश्न गरेका छन्।
थापाले कानूनको रक्षा गर्ने दायित्व बोकेकाहरुनै कानूनी राज्यको खिलापमा लागेको बताएका छन्। ‘प्रधानन्यायधीशले पदमा बस्ने नैतिक आधार गुमाई सक्नुभयो, विवाद छैन। तर,व्यक्तिको स्वतन्त्र आवागमनरकार्यालय प्रवेशमा रोक लगाउने खुला चेतावनी संविधान र कानुनी राज्यको खिलाफ भएन? त्यो पनि कानुनको रक्षा गर्ने दायित्व बोकेकाहरुबाट।’, उनले भनेका छन्।
प्रधानन्यायधीशले पदमा बस्ने नैतिक आधार गुमाई सक्नु भयो,विवाद छैन।तर,व्यक्तिको स्वतन्त्र आवागमन/कार्यालय प्रवेशमा रोक लगाउने खुला चेतावनी संविधान र कानुनी राज्यको खिलाफ भएन?त्यो पनि कानुनको रक्षा गर्ने दायित्व बोकेकाहरुबाट।
— Kamal Thapa (@KTnepal) November 12, 2021
हामी जस्ता गणतन्त्र विरोधीहरुलाई पनि लाज लाग्न थालि सक्यो
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij