Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

प्रदुषण बढेपछि भारतको राजधानी नयाँ दिल्लीका विद्यालय एक साता बन्द 

प्रदुषण बढेपछि भारतको राजधानी नयाँ दिल्लीका विद्यालय एक साता बन्द 

  • 539
    SHARES
  • प्रदुषण बढेपछि भारतको राजधानी नयाँ दिल्लीका विद्यालय एक साता बन्द 

    नयाँ दिल्ली । प्रदुषण बढेपछि भारतको राजधनी नयाँ दिल्लीमा एक साता विद्यालय बन्द गरिएको छ ।

    भारतको सर्वाेच्च अदालतले शनिबार दिल्लीको प्रदुषण घटाउन लकडाउन गर्न सुझाव दिएको थियो । दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले एक सातासम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । 

    एक हप्तासम्म कर्मचारीलाई पनि वर्क फ्रम होम (घरबाटै काम) गर्न निर्देशन दिइएको छ । केजरीवालाले पूर्ण लकडाउनका बारेमा पनि विचार भइरहेको बताएका छन् । निजी सवारी साधन चलाउन रोक लगाउने बारेमा पनि सरकारले सोच बनाइरहेको केजरीवालले जानकारी दिए । सरकारले कन्सट्रक्सन कम्पनीका सबै गतिविधिमा पनि रोक लगाएको छ । 

    भारतको राजधानी नयाँ दिल्लीमा दिपावलीपछि प्रदुषणको स्थिति गम्भीर अवस्थामा पुगेको हो । विश्वको सर्वाधिक १० प्रदुषित सहरमा भारत पहिलो नम्बरमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij