Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बाघको आक्रमणबाट नरैनापुरका गडरियाको मृत्यु

बाघको आक्रमणबाट नरैनापुरका गडरियाको मृत्यु

  • 370
    SHARES
  • बाघको आक्रमणबाट नरैनापुरका गडरियाको मृत्यु

    नेपालगञ्ज । बाँकेको नरैनापुरमा गाई चराउन जंगल गएका नरैनापुर गाउँपालिका-४ पण्डितपूर्वाका लखन गडरियाको बाघकाे आक्रमणबाट मृत्यु भएकाे छ ।

    उनकाे शरीर बाघले आधा खाएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए ।

    मृतक गडरिया गाई चराउन गत २५ कात्तिकमा जंगल गएका थिए । उनी फर्केर नआएपछि खोजतलास गर्दा शनिवार राति बाघले आधा खाएको अवस्थामा जंगलमा शव फेला परेको प्रहरी निरीक्षक गौतमले जानकारी दिए ।

    उनले गडरियाको शवनजिकै एउटा गाई समेत बाघले मारेर खाएको भेटिएको बताए । ‘मृतक गडरियाको शवको पिठ्युको भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको छ । घटनास्थल नजिकै बाघले एउटा गाईसमेत मारेको छ । स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका छन्’ प्रहरी निरीक्षक गौतमले भने ।

    नरैनापुरको पर्यटकस्थल गोवद्र्धनधामदेखि पाँच किलोमिटर पूर्वपट्टी जंगलमा गडरियाको शव फेला परेको हो । गाई चराउन जंगलमा एक्लै गएका गडरियाको बाघको आक्रमणमा परेर मृत्यु भएपछि स्थानीय प्रशाशनले स्थानीयलाई वनजंगल नजान आग्रह गरेको छ ।  

  • सम्बन्धित विषय:

  • # बाघ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij