Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने 

नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने 

  • 490
    SHARES
  • नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने 

    काठमाडौं । ब्राजिलियन स्ट्राइकर नेयमार जुनियरले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् ।

    बुधबार तय खेलमा नेयमारले तिघ्रामा चोट लागेपछि अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् । सोमबार बिहान प्रशिक्षणका दौराना नेयमारको देब्रे तिघ्रामा चोट लागेको हो ।

    विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

    यता, अर्जेन्टिनाले भने बुधबार हुने खेलमा ब्राजिलविरुद्ध जित निकाले विश्वकपको यात्रा पक्का गर्नेछ । 

  • सम्बन्धित विषय:

  • # नेयमार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij