Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

बारले घोषणा गर्यो आन्दोलनका थप कार्यक्रम : भोलि देशभरिका अदालतमा बहस/पैरवी नगर्ने

बारले घोषणा गर्यो आन्दोलनका थप कार्यक्रम : भोलि देशभरिका अदालतमा बहस/पैरवी नगर्ने

  • 418
    SHARES
  • बारले घोषणा गर्यो आन्दोलनका थप कार्यक्रम : भोलि देशभरिका अदालतमा बहस/पैरवी नगर्ने

    काठमाडौं । नेपाल बार एसोसिएसनले आइतबार (भोलि) देशभरिका अदालतमा बहस पैरवी नगर्ने जानकारी गराएको छ।

    बारले आज थप आन्दोलनका कार्यक्रम घोषण गर्दै बन्दीप्रत्यक्षीकरणको मुद्दामा भने बहस गरिने जनाएको छ।

    बारले जारी गरेको विज्ञप्तिमा सोमबार अदालतको मूल गेटमा बिहान १० बजेदेखि १२ बजेसम्म धर्नालाई निरन्तरता दिने र संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय कार्यालयमा गएर ध्यानाकार्षणपत्र बुझाउने उल्लेख छ।

    बारका महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा मंसिर ८ गते १८ वटा उच्च अदालत र तिनका इजलास रहेका ठाउँमा सोही अधिकार क्षेत्रभित्रका कानुन व्यवसायीहरुको सहभागितामा विरोध  सभा आयोजना गर्ने, ९ र १० गते काठमाडौं उपत्यकाका सबै बार एकाइका कानुन व्यवसायीको व्यापक सहभागितामा सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ। 

    बारले समग्र न्यायपालिकाको सुधार र शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेयता निरन्तर कालो पट्टी बाँधी धर्ना, प्रदर्शनलगायत गतिविधिका साथ आन्दोलन गर्दै आएको छ। 

    नेबाएको-तेस्रो-चरणको-विरोध-कार्यक्रम-२०७८-मंसिर-४-गते-।-page-001.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij