Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सर्जियो रामोसले म्यानचेस्टर सिटीविरुद्धको खेलमा डब्यू गर्ने

सर्जियो रामोसले म्यानचेस्टर सिटीविरुद्धको खेलमा डब्यू गर्ने

  • मंसिर ७, २०७८ मंगलवार १८:१८ बजे
  • 523
    SHARES
  • सर्जियो रामोसले म्यानचेस्टर सिटीविरुद्धको खेलमा डब्यू गर्ने

    काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध खेल्ने टोलीमा स्टार खेलाडी सर्जियो रामोसलाई समेटेको छ । बुधबार राति म्यानचेस्टरमा हुने खेलका लागि पिएसजीले रामोससहित २३ सदस्यीय टोली घोषणा गरेको हो । 

    च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगका लागि पिएसजीले पहिलो पटक रामोसलाई टोलीमा समावेश गरेको हो । यसै सिजन स्पेनिस महारथी रियल मड्रिडबाट पेरिस झरेका स्पेनिस डिफेन्डर रामोस चोटका कारण मैदान बाहिर रहेका थिए । 

    प्रशिक्षक माउरिसियो पोचेटिनोले रामोससहित स्टार खेलाडी लियोनल मेस्सी, नेयमार जुनियर, केलियन एमबाप्पेलगायतलाई टोलीमा समावेश गरेका छन् । समूह ‘जी’ मा ४ खेल सकिँदा सिटी शीर्षस्थानमा छ । तीन जित र एक हार ब्यहोरेको सिटीसँग ९ अंक छ ।

    दुई जित र दुई बराबरसहित अपराजित रहेको पिएसजी ८ अंक सहित दोस्रो स्थानमा छ । यस्तै क्लब ब्रुर्ग र आरबी लाईपजिग क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 

    psg.jpg.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij