Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नेयमार दुई महिना मैदान बाहिर रहने

नेयमार दुई महिना मैदान बाहिर रहने

  • 455
    SHARES
  • नेयमार दुई महिना मैदान बाहिर रहने

    काठमाडौं । ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने भएका छन् ।

    २९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३-१ ले विजयी हुँदा घाइते भएका थिए । पिएसजीले सोमबार विज्ञप्तिमार्फत नेयमार ६ देखि आठ हप्ता मैदान बाहिर रहने बताएको हो । 

    पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले चोट गम्भीर नभएको बताए पनि घुँडाको लिगामेन्टमा समस्या देखिएको बताएका छन् । 

  • सम्बन्धित विषय:

  • # नेयमार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij