Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कांग्रेसको निमन्त्रणामा चार भारतीय नेता काठमाडौं आइपुगे

कांग्रेसको निमन्त्रणामा चार भारतीय नेता काठमाडौं आइपुगे

  • 464
    SHARES
  • कांग्रेसको निमन्त्रणामा चार भारतीय नेता काठमाडौं आइपुगे

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिनका लागि भारतबाट चारजना नेता नेपाल आइपुगेका छन्। 

    आज शुक्रबारबाट सुरू हुने कांग्रेसको १४औं महाधिवेशनमा भाग लिनका लागि छिमेकी मुलुक भारतबाट चार नेता बिहीबार काठमाडौं आइपुगेका हुन्।  

    कांग्रेसका सहमहामन्त्री एवं महाधिवेशनका लागि विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक प्रकाशशरण महतले भारतबाट चार जना नेताहरू काठमाडौं आइपुगेको जानकारी दिए । उनका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं आइपुगेका हुन् ।

    अन्य देशका प्रतिनिधिहरुलाई समेत निम्ता गरिएको भएपनि कोभिड(१९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रासका कारण धेरै देशबाट प्रतिनिधि नआउने भएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij