Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

ओखलढुंगाका १९ हजारले लगाए कोरोनाविरुद्धको खोप

ओखलढुंगाका १९ हजारले लगाए कोरोनाविरुद्धको खोप

  • 520
    SHARES
  • ओखलढुंगाका १९ हजारले लगाए कोरोनाविरुद्धको खोप

    ओखलढुंगा । ओखलढुंगामा कोरोना भाइरसविरुद्धको खोप अभियान तिव्र पारिएको छ । ५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खोप अभियानमा १९ हजारले खोप लगाइ सकेका छन् ।

    जिल्लाका आठ स्थानीय तहमा दुई चरणमा लगाइएको खोप पहिलो चरण लगाएकालाई दोस्रो र पहिलो चरण छुटेकालाई पहिलो डोज खोप लगाइएको हो ।

    एक सय ७५ वटा खोप केन्द्रमा सञ्चालित खोप अभियानबाट १९ हजार नागरिक लाभावन्वित भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख अहमद मन्सुरीले जानकारी दिए ।

    खोप अभियानमा छुटेका नागरिकलाई स्वास्थ्य संस्थाबाटसमेत खोप दिने व्यवस्था गरिने उनको भनाइ छ । जिल्लामा यसअघि पनि दुई चरणमा खोप अभियान सञ्चालन भइसकेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij