वेबटिभी खबर
नयाँ दिल्ली । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढीरहेका बेला भारतमा भने दैनिक कोरोना संक्रमितको संख्या लगातार घटिरहेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ९९२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा ९ हजार २६५ जना संक्रमित निको भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या एक लाखभन्दा कम भएको छ । हाल भारतमा ९३ हजार २७७ जना मात्र सक्रिय संक्रमित छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij