Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

गाउँपालिकाको सहयोगमा छात्रालाई प्याड वितरण

गाउँपालिकाको सहयोगमा छात्रालाई प्याड वितरण

  • 963
    SHARES
  • गाउँपालिकाको सहयोगमा छात्रालाई प्याड वितरण

    हुम्ला । सर्केगाड गाउँपालिकाले वडा नम्बर १ को तुम्चामा रहेका देवल आधारभूत विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरिएको छ ।

    महिनावारी भएको समयमा सेनेटरी प्याड अभावमा विद्यालय जान लजाउने बालबालिकाहरूलाई प्याड वितरणले सहज हुने बताइएको छ ।

    जिल्लाको मध्य भेग रहेको सर्केगाड गाउँपालीकाको वडा नम्बर १ को तुम्चास्थित उक्त विद्यालयमा अध्यानरत ६ कक्षादेखि ८ कक्षासम्मका छात्रा लाई चार वटाका दरले प्याड वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर रावतले जानकारी दिए ।

    सर्केगाड गाउँपालीका भरिका निम्न माध्यामिक विद्यालय स्तरका विद्यालयमा वितरणका लागि ११ बोरा प्याड वितरण गरिएको छ । अन्य विद्यालयमा पनि वितरण गर्न सुरु गरेको बताउँदै देवल आधारभूत विद्यालयमा वितरण गरेको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij