वेबटिभी खबर
काठमाडौं । जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म २१०६ मत गणना भएको छ । जसमा शेरबहादुर देउवा अगाडि रहेका छन् ।
कसको पक्षमा कति मत ?
शेरबहादुर देउवा – ९९१
शेखर कोइराला – ७६२
प्रकाशमान सिंह – १७४
विमलेन्द्र निधि – १३७
कल्याण गुरुङ – ९
मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको छ। मतगणनामा सुरुवाती अग्रता देउवाकै छ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij