वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति उम्मेदवार रहेका बिमलेन्द्र निधिले दोस्रो चरणको मतदानका लागि अर्का उम्मेदवार शेरबहादुर देउवालाई भोट दिन आग्रह गरेका छन् ।
मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै निधिले देउवाले टेलिफोन गरेर र आफ्नै निवासमा आएर सहयोगका लागि आग्रह गरेको बताएका छन् ।
देउवाको आग्रहलाई स्वीकार गर्दै आफूले उनलाई समर्थन गर्ने निर्णय गरेको निधिले उल्लेख गरेका छन् ।
उनले आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई दोस्रो चरणमा देउवालाई मतदान गर्न आग्रह गरेका हुन् ।
दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij