Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

‘लाल सिंह चड्ढा’को शुटिङ एकसय ठाउँमा

‘लाल सिंह चड्ढा’को शुटिङ एकसय ठाउँमा

  • 1.1K
    SHARES
  • ‘लाल सिंह चड्ढा’को शुटिङ एकसय ठाउँमा

    नयाँ दिल्ली । भारतीय चर्चित अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’को शुटिङ एकसय ठाउँमा गरिएको छ । फिल्ममा अभिनेत्री करिना कपुर फिमेल लिड रोलमा देखा पर्दैछिन् ।  

    ओस्कार विजेता फिल्म ‘फोरेस्ट गम्प’को आधिकारिक हिन्दी रीमेकको रुपमा बनेको फिल्म ‘लाल सिंह चड्ढा’मा आमिर खानले देशको पाँच दशकभन्दा लामो इतिहास पर्दामा देखाउने छन् । फिल्ममा देशमा घटेका विभिन्न राजनीतिक, सैनिक र भोगौलिक घटनाको पृष्ठभुमि देख्न सकिनेछ । यसकासाथै फिल्ममा एक सैनिकको अदम्य साहस र जीवनप्रति उसको अनुरागलाई देखाइनेछ ।

    भारतीय सञ्चार माध्यमकाअनुसार निमार्ता तथा अभिनेता आमिर खानलाई फिल्म ‘लाल सिंह चड्ढा’को लागि मानसिक र शारीरिक रूपमा धेरै तयारी गर्नुप¥यो । ‘लाल सिंह चड्ढा’ फिल्मको शुटिङ करिब दुईसय दिनसम्म गरिएको थियो । यो फिल्म आमिर खानको ‘लगान’ पछि शुट गरिएको सबैभन्दा लामो फिल्म हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij