Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

अक्षयकुमारको सूर्यवंशी पछिका बलिउड फिल्म किन चल्न सकेनन् ? 

अक्षयकुमारको सूर्यवंशी पछिका बलिउड फिल्म किन चल्न सकेनन् ? 

  • 703
    SHARES
  • अक्षयकुमारको सूर्यवंशी पछिका बलिउड फिल्म किन चल्न सकेनन् ? 

    काठमाडौं । कोरोना संक्रमण कम भएपछि रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ सुपरहिट भयो । फिल्मले विश्वव्यापी रुपमा २ सय ५० करोड बढी व्यापार गर्‍यो  तर यसपछि प्रदर्शनमा आएका अन्य बलिउड फिल्मले ५० करोडको व्यापारसम्म गर्न सकेनन् । 

    सलमान खानको फिल्म ‘अन्तिम’समेत लगातार ५ फिल्म फ्लप भए । फिल्म फ्लप हुनुको प्रमुख कारण थिएटरमा कम दर्शक आउनु र ओमिक्रोन भाइरसको डर पनि हो । यही अवस्था रहने हो भने बलिउडमा अझैं संकटको बादल छाइरहने व्यापार विश्लेषकको बुझाई छ ।

    कोरोनाले थलिएको बलिउडलाई फिल्म ‘सूर्यवंशी’को आक्रामक व्यापारले पुनः जीवित बनायो । तर त्यसपछि आएका सलमान खान, सैफ अली खान र जोन अब्राहमजस्ता स्टारको फिल्मले राम्रो व्यापार गर्न सकेन । 

    फिल्म निर्माता तथा व्यापार विश्लेषक गिरीश जौहर आम दर्शक स्मार्ट बनेकोले त्यसअनुसार बलिउडले आफूलाई ढाल्नुपर्ने बताउँछन् । गिरिशका अनुसार फिल्मको संकटलाई कम गर्ने एकमात्र उपाय भनेको टिकट दरमा कटौती नै हो । टिकट दर कटौतीमा मल्टीप्लेक्स चेन लचक हुनुपर्ने उनको भनाई छ । टिकटको मूल्य अझ बढ्यो भने मानिसहरु थिएटर आउनुको साटो ओटीटी प्लेटफर्ममा फिल्म रिलिज पर्खिने दाबी गर्छन् उनी। 

    फिल्म फाइनेन्स कन्सल्टेण्ट सञ्जय भण्डारीका अनुसार आम दर्शकले डबिङ या सब टाइटलका माध्यमबाट तमिल र तेलुगु मात्र नभई दक्षिण कोरियाको राम्रा कथाबस्तु हेरिसकेका छन् । उद्योगले सानो सहर या बी र सी ग्रेड लक्षित दर्शकको बद्लिएको फिल्मी स्वादलाई नजर अन्दाज गर्न नसकेको सञ्जयको दाबी छ ।

    सञ्जयका अनुसार अहिलेका दर्शक कास्ट सेन्सिटिभ छन् । एक फिल्म हेर्ने खर्चलाई उनीहरुले ओटीटीको एक वर्षको ग्राहक बन्न खर्च गर्छन् । परिवार र साथीभाईमाझ अलग–अलग ओटीटीको पासवर्ड दिन सकिन्छ । किनकी उनीहरुलाई थिएटरमा रिलिज भएको फिल्म पाँच सातामा ओटीटीमा आउछ भन्ने थाहा हुन्छ ।

    बलिउडमा स्पोर्ट्स ड्रामा ‘८३’, दक्षिण भारतीय फिल्म ‘आरआरआर’ र ‘पृथ्वीराज’ जस्ता फिल्म रिलिजको पाइपलाइनमा छन् । यी फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने बुझाई छ । बलिउडको बक्सअफिसको सही मूल्यांकन यसै महिना ‘जर्सी’ र आगामी महिना ‘शाबास मीठु’, ‘बधाई दो’ र ‘अट्याक’ जस्ता मध्यम बजेटको फिल्मले गर्ने दाबी गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij