Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

विद्युतको खपत बढाऔँः कुलमान घिसिङ

विद्युतको खपत बढाऔँः कुलमान घिसिङ

  • पौष ३, २०७८ शनिवार १९:४४ बजे
  • 547
    SHARES
  • विद्युतको खपत बढाऔँः कुलमान घिसिङ

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युतको खपत बढाउने कुरा चुनौतीपूर्ण रहेको बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पहिलो कार्यकालमा लोडसेडिङ हटाउने चुनौती रहेकामा अहिले विद्युतको खपत बढाउनुपर्ने बताएका हुन् ।

    उनले विद्युतको खपत बढाउन आग्रह गरे।  ‘कुनै बेला बिजुली कहिले आउँछ भन्ने अवस्था थियो, अहिले विद्युत् कसरी खपत गर्ने भन्ने चुनौती छ,’ उनले भने, ‘आम नागरिकलाई विद्युत्को खपत बढाउन आग्रह गर्दछु ।’ 

    आफू एक्लैको प्रयासले नभई समूहका सबैको सहकार्य र परिश्रमले नेपालमा लोडसेडिङको अन्त्य गर्न सम्भव भएको स्पष्ट पार्दै घिसिङले त्यसको जस सबैलाई जाने बताए । ‘म एक्लैको प्रयासले लोडसेडिङ अन्त्य भएको होइन, मैले मेरो कर्तव्य र जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको हुँ, यसमा सबैको साथ र सहयोगका साथै उत्तिकै मेहनत र परिश्रम पनि रहेको छ,’ उनले भने । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij