Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पाकिस्तानमा विपक्षीले माग्यो प्रधानमन्त्री खानको राजीनामा

पाकिस्तानमा विपक्षीले माग्यो प्रधानमन्त्री खानको राजीनामा

  • 490
    SHARES
  • पाकिस्तानमा विपक्षीले माग्यो प्रधानमन्त्री खानको राजीनामा

    एजेन्सी, इस्लामाबाद । पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ ।

    उच्च तहको अन्तराष्ट्रिय सम्मेलनमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहभागी कार्यक्रममा आफ्नो भ्रष्टाचार लुकाउन देश र राजनीतिक दलहरुको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लीग नवाज (पीएमएल— एन) ले प्रधानमन्त्री खानको राजीनामा माग गरेको हो । 

    प्रधानमन्त्री खानले जतिबेला पनि आफ्नो परिवारलाई मात्र उल्लेख गरेको भन्दै आफू शरिफको फेम्ली फोबियाबाट पीडित भएको पीएमएल— एनका सूचना सचिव म्यारियम औराजेबले बताइन् । सरकारले आफ्नो तीन वर्षे कार्यकालयमा सम्झनयोग्य कुनै पनि काम नगरेको उनले आरोप लगाइन् । 

    शुक्रबार अल जजिरासँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री खानले पूर्वप्रधानमन्त्री  बेनेजिर भुट्टो र सरिफ परिवार निकट नेताहरुको आलोचना गर्दै उनीहरुले भ्रष्टाचारको प्रबद्धन गरेको र देशलाई तहस नहस गरेको आरोप लगाएका थिए । 

    पाकिस्तान तेहरिक इ इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानले पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग—नवाज र तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी ९पीपीप० को आलोचना गर्दै ती पार्टी नभएर केबल परिवारको विरासत मात्र भएको बताए । देशले अहिले सामना गरेको समस्याको प्रमुख कारक तीनै दुबै पार्टी भएको उनले दाबी गरे ।

    लन्डनमा उपचारार्थ पूर्वप्रधानमन्त्री सरिफ खानमाथि भ्रष्टाचारको आरोप लागेको छ । त्यस्तै, पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका पति तथा पूर्वराष्ट्रपति असिफ अली जर्दारीमाथि पनि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij