वेबटिभी खबर
काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) विद्यालय कर्मचारी (परिचर र लेखापाल) को पारिश्रमिक निकासा सम्बन्धि आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था छ ।
सो पारिश्रमिक अधिकांश स्थानीय तहले दिएका छैनन् । इसीडी शिक्षक र विद्यालय कर्मचारी पुरा पारिश्रमिक संघीय सरकाले नै दिनुपर्ने बताउँछन् । सरोकारवालाहरूसँग यस विषयमा शिक्षा मन्त्रालयले छलफल गरे पनि मन्त्रालयले अहिलेसम्म ठोस निष्कर्ष निकालेको छैन ।
मन्त्रालयमा छलफल भने चलिरहेको छ । उचित व्यवस्थापनसहित समयसापेक्ष तलब केन्द्रबाटै दिनुपर्ने धारणा शिक्षक र कर्मचारीहरूकाे छ । उनीहरूकाे साझा निष्कर्ष छ, ‘उचित व्यवस्थापनसहित समयसापेक्ष पारिश्रमिक केन्द्रबाटै उपलब्ध गराउँदा उचित हुन्छ ।’
न्युनतम पारिश्रमिक १५ हजार हो । संघीय सरकारले आठ हजार रूपैयाँ उपलब्ध गराएको छ । तर,कतिपय स्थानीय तहले पारिश्रमिक उपलब्ध नगराउँदा इसीडी शिक्षक र विद्यालय कर्मचारी अधिकारबाट वञ्चित छन् ।
शिक्षक सेवा आयोगको फारम भर्न इसीडी शिक्षकलाई यति शैक्षिक योग्यता चाहिने
अध्ययन अनुमति पत्रकाे विज्ञापन गर्ने प्रक्रिया थाल्न निर्देशन
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij