वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा २१३ जनामा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । जसमध्ये सबैभन्दा बढी संक्रमित दिल्लीमा रहेका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार दिल्लीमा ‘ओमिक्रोन’ का ५७ जना संक्रमित रहेका छन् । यससँगै महाराष्ट्रमा ५४ जना संक्रमित रहेका छन् । दिल्लीमा रहेका कुल ५७ संक्रमितमध्ये १७ जना ‘ओमिक्रोन’ संक्रमणमुक्त भएका छन् ।
यसैगरी महाराष्ट्रमा कुल संक्रमितमध्ये २८ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितमध्ये तेलङ्गानामा २४, कर्नाटकमा १९, राजस्थानमा १८, केरलमा १५, गुजरातमा १४, जम्मू-कश्मीरमा ३, ओडिसामा २, उत्तर प्रदेशमा २, आन्द्र प्रदेशमा १, चन्डीगढमा १, लद्दाखमा १, तमिलनाडुमा १ र पश्चिम बंगालमा पनि १ जनामा ‘ओमिक्रोन’ पुष्टि भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij